सत्य निरुपण तथा बेपत्ता आयोगबारे सर्वदलीय बैठक अनिर्णित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ३, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा अनिर्णित बनेको छ ।

मंगलवार साँझ ५ बजेदेखि बसेको सर्वदलीय बैठक करीब ३ घण्टा चलेको थियो ।

‘आजको बैठकमा मुख्य रूपमा राजनीतिक विषयमा छलफल भयो,’ बैठक सकिएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भने, ‘पार्लियामेन्टका विषयमा पनि छलफल भयो । तर सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा भोलि बस्ने बैठकले निर्णय लिनेछ ।’

सिटौलाले प्रधानमन्त्रीले पहिलोपटक बोलाएको सर्वदलीय बैठक सकारात्मक भएको प्रतिक्रिया दिए । ‘उहाँ उपचारका लागि छिट्टै सिंगापुर जाँदै हुनुहुन्छ,’ उनले भने, ‘हामीले उहाँलाई स्वास्थ्यलाभको शुभकामना पनि दियौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस